शुक्रबार, भदौ ५, २०८३

पहिरोमा बेपत्ता पाल्पाका बालकको शव भेटियो 

लगातारको बर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका बालकको शव भेटिएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

बुटवल- लगातारको बर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका बालकको शव भेटिएको छ।

बिहीबार बिहान अविरल बर्षाका कारण सिद्धार्थ राजमार्गमाथिबाट ढुंगासहितको पहिरो जाँदा तिनाउँ गाउँपालिका ५ गिट्टिखानीका ४ वर्षीय आरभ परियार बेपत्ता भएका थिए।

बेपत्ता परियारको बिहीबार ४ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। 

पहिरोले घर पुरिँदा सोही ठाउँका ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो । पहिरोले ५ घर पुरेको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ।

प्रकाशित: Jul 08, 2021| 13:49 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।