काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले विवाद समाधानमा लागि एकखाले समझदारी बनेको तर अन्तिम रूपमा दिन बाँकी भएको बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएको विवाद मिलाउनका लागि बनेको कार्यदलको बिहीबार साँझको बैठकस्थल प्रवेश गर्नुअघि नेपाल पक्षका नेता पाण्डेले यस्तो बताएका हुन्।
'हामीले आज टुंगोमा पुर्याउने भन्ने हो। अहिले छलफल गर्छौँ। त्यसपछि के हुन्छ हेरौँ,' उनले भने, 'करिब-करिब एकखालको समझदारी जस्तो बनेको अवस्था छ। त्यसलाई अन्तिम रुप दिन पर्यो। त्यसैको तयारी छ।'