काठमाडौं- सत्तारुढ दल नेकपा एमालेभित्र चर्किएको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ माधवकुमार नेपाल पक्षबीच देखिएका समस्या समाधान गर्न गठित कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको हो।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल सहभागी छन्।

कार्यदलकै पहलमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो।
यसअघि बिहीबारै दिउँसो पनि कार्यदलको बैठक केहीबेर बसेको थियो। बैठक साँझ बस्ने गरी सकिएको थियो। बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नुपर्ने भएकाले साँझसम्मका लागि बैठक सारिएको बताएका थिए।