शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पाँचथर समाज'द्वारा जिल्लाका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

'पाँचथर समाज'द्वारा जिल्लाका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला प्रशासन कार्यालयमार्फत् सबै पालिकाका प्रतिनिधिलाई समाजले सामग्री हस्तान्तरण गरेको छ। जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई १३ लाख २६ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण समाजले जनाएको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

पाँचथर (फिदिम)- पाँचथर समाज काठमाडौँले जिल्लाका आठै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। मंगलबार फिदिममा कार्यक्रम आयोजना गरी समाजले पाँचथरका सबै पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

जिल्ला प्रशासन कार्यालयमार्फत् सबै पालिकाका प्रतिनिधिलाई समाजले सामग्री हस्तान्तरण गरेको छ। जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई १३ लाख २६ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण समाजले जनाएको छ। 

पालिकाहरूलाई अक्सिजन कन्सन्टेटर मेसिन, एन्टिजेन किट, पल्स अक्सिमिटर, पिपिईलगायतका स्वास्थ्य सामग्री दिइएको समाजले जानकारी दिएको छ। समाजले दाताहरूबाट रकम संकलन गरी सहयोग गरेको हो। समाजले हालसम्म १८ लाख १७ हजार १ सय ५ रुपैयाँ सहयोग संकलन गरको छ।

प्रकाशित: Jul 08, 2021| 12:51 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।