आइतबार, जेठ ३, २०८३

नमुना विद्यालय विकास तथा विद्यालय प्रवलीकरण कार्यक्रमको बजेट निकासा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालय विकास तथा विद्यालय प्रवलीकरण कार्यक्रमको लागि विनियोजन भएको रकम निकासा भएको जनाएको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

National life

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालय विकास तथा विद्यालय प्रवलीकरण कार्यक्रमको लागि विनियोजन भएको रकम निकासा भएको जनाएको छ। 

साथै केन्द्रले सूचना जारी गर्दै सबै स्थानीय तहलाई केन्द्रबाट स्वीकृत भएको विद्यालय भवन प्रवलीकरण कार्यक्रम र नमुना विद्यालय विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट तत्काल निकासा गर्न निर्देशन दिएको हो।

केन्द्रले चालू आर्थिक वर्षभित्र कार्य सम्पन्न हुन नसकेको अवस्थामा उक्त शीर्षकहरुमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्था नभएकाले लेखापरीक्षण प्रतिवेदन, सामाजिक परीक्षणलगायतको कार्यहरुको लागि सम्बन्धित विद्यालयहरुलाई नै जिम्मेवार र जवाफदेही बनाउने गरी स्वीकृत कार्यक्रमको लागि विनियोजित भएको बजेट सम्बन्धित विद्यालयको खातामा निकासा दिन स्थानिय तहलाई सूचित गरेको छ।

प्रकाशित: Jul 08, 2021| 12:16 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्