काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरणका नाममा पार्टी कब्जा गर्न खोजिएको आरोप लगाएको छ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पौडेल पक्षीय भेलाले अन्य पार्टीबाट आएकाहरूलाई सदस्यता वितरण गर्ने नाममा पार्टी कब्जा गर्न खोजिएको निष्कर्ष निकालेको हो।
छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए।
समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु, दीपक गिरी, छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङ पनि भेलामा उपस्थित थिए।