शुक्रबार, भदौ ५, २०८३

बाढी पहिरोबाट एकैदिन ७ जनाको मृत्यु, २ बेपत्ता

यस्तै, पहिरोमा परेर दार्चुलामा एक र पाल्पामा एक जना बेपत्ता भएका छन्। बिहीबार बाढी पहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपाल समयलाई जानकारी दिए।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- बुधबार रातिदेखिको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। दार्चुलामा ३, पाल्पामा २, दाङमा एक र तनहुँमा एक जनाको मनसुनजन्य प्राकृतिक विपत्तिका कारण मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

यस्तै, पहिरोमा परेर दार्चुलामा एक र पाल्पामा एक जना बेपत्ता भएका छन्। बिहीबार बाढी पहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपाल समयलाई जानकारी दिए।

उनका अनुसार जेठ ३१ गतेदेखि आज असार २४ गते साँझसम्म बाढी पहिरोमा परेर ५१ जनाको मृत्यु भएको छ। बेपत्ता ३५ जना बेपत्ता भएका छन् भने ६० जना घाइते भएका छन्। पछिल्लो २५ दिनमा ४ हजार २१३ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रवक्ता दाहालले जानकारी दिए। ६ सय ८८ जनाको उद्धार गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

बाढीपहिरो र डुबानका कारण हालसम्म २९ जिल्लाका ५४८ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने १४८ घर आशिंक रूपमा क्षति भएका छन्। 

प्रकाशित: Jul 08, 2021| 12:01 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।