काठमाडौं– विश्वभर नै आतंक मच्याइरहेको कोरोना महामारीबाट अझै त्राण पाउन सकिएको छैन। यद्यपि, खोपको विकास भइसकेकाले केही आशा जागेको छ र जनजीवन केही हदसम्म सामान्य पनि हुँदै गएको छ।
महामारीकै बीच बेलायतको लिङ्कनसायरमा भने चार दिन लामो यौन महोत्सव सम्पन्न भएको छ। कोरोना महामारीका कारण महोत्वस हुने कि नहुने भन्ने दुविधाका बीच अन्तिम समयमा आएर महोत्सव हुने तय भएको थियो।
महोत्सवका सहभागीहरुले हावा भरिएको ‘वाउन्सी क्यासल’, भूमिगत कोठा, तातो पानीसहितको नुहाउने टबमा यौन आनन्द उठाएका थिए। साथै, कार्यक्रममा कलाकारहरुको प्रस्तुति पनि आकर्षणको रुपमा रहेको थियो। खुला सिनेमाघर, बार आदिले महोत्सवको रौनक थप बढाएको थियो।
केही सहभागीले भने व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पनि जनाए। ‘हात धुन पर्याप्त ठाउँ थिएन, ट्वाइलेटको पनि समस्या थियो। सामाजिक दूरी पनि कायम भएको थिएन,’ एक सहभागीले भने, ‘तर पनि सबै जनाले कोभिड परीक्षण गरेर मात्र आएको हुँदा सुरक्षित थियो र रमाइलो थियो।’
महोत्सवमा दुई सय जनाले सहभागिता जनाएको बताइएको छ। महोत्सवमा भाग लिन एक जोडीले दुई सय पाउण्डको टिकट काटेका थिए। वरिपरि रुख तथा झाडी भएको खेतमा महोत्सव आयोजना गरिएको थियो। महोत्सव अवधिभर आयोजनास्थल वरपर सुरक्षाकर्मी तैनाथ थिए।








