काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार २८६ जना संक्रमणमुक्त भएका छन्।
५ हजार ३७४ जनाको पीसीआर र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ।
हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ३२० जना संक्रमतिको मृत्यु भएको छ।