बुधबार, असार २४, २०८३

रामोस पीएसजीमा अनुबन्धित

स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक गोलकर्ता डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका छन्।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक गोलकर्ता डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका छन्।

आज बिहीबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  सूचना जारी गर्दै स्पेनिस राष्ट्रिय टिमका कप्तान समेत रहेका रामोसलाई क्लबमा अनुबन्ध गरेको जानकारी दिएको हो।

पीएसजीले सामाजिक सञ्जामा भिडियो सार्वजनिक गर्दै रामोसलाई आफ्नो क्लबमा भित्र्याएको जानकारी दिएको छ। यता हिजो नै उसले सामाजिक सञ्जालमा जानकारी नदिइकनै आफ्नो साइटमा सूचना राखेको थियो। बुधबार पीएसजीले आफ्नो साइटमा एक आर्टिकल पोस्ट गर्दै रामोस पीएसजीमा पुगेको बताएको थियो।

‘पेरिस सेन्ट जर्मेन रामोसको स्क्वाडमा आइपुगेको बताउन पाउँदा निकै खुसी छौं। स्पेनिस डिफेन्डरले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्। र, अब उनी २०२३ सम्म क्लबमा रहनेछन्,’ पीएसजीले आफ्नो साइटमा लेखेको थियो।

रामोसले सेभिया फुटबल क्लबबाट ला लिगाको २००३–४ सिजनमा डेब्यू गरेका थिए। युवो एकेडेमीबाट सिनियरमा डेब्यू गरेका रामोसले अर्को वर्ष रियलमा पुगेका थिए।

पहिला राइट डिफेन्डर भए पनि उनले पछि सेन्टर डिफेन्समा गएका थिए। पछिल्ला १९ वर्षमा उनी रियलका उत्कृष्ट डिफेन्डर सावित भएका छन्।

उनले ६७१ खेलबाट १०१ गोल गरेका छन्। उनी २०१५ मा कप्तान भएयता रियलले ठूला उपाधि जितेको छ। राष्ट्रिय टिमबाट पनि २३ गोल गरेका रामोसले दुई युरो कप र एक विश्वकप जितेका छन्। उनले राष्ट्रिय टिमका १८० क्याप जितेका छन्।

‘म पीएसजीमा अनुबन्ध हुन पाउँदा निकै खुसी छु,’ रामोसले भनेका छन्, ‘यो मेरो लागि निकै ठूलो चुनौती हो। र, यो दिन म बिर्सने छैन। साथै धेरै महत्वाकांक्षी योजनामा भूमिका खेल्न पाएकोमा म आफूप्रति गौरवान्वित छु।’

रामाेसबारे थप जान्नुहाेस्-

कप्तान रामोस, जसका लागि 'लिजेन्ड' शब्द पनि फिका हुन्छ

 

प्रकाशित: Jul 08, 2021| 09:24 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।