मंगलबार, माघ ६, २०८२

आलोचनामुक्त हुन नसकेको इंग्ल्यान्डको त्याे पेनाल्टी

जारी युरोकपअन्तर्गत बुधबार राति भएको खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याए।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– जारी युरोकपअन्तर्गत बुधबार राति भएको खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याए। त्यो पेनाल्टीको अहिले आलोचना भइरहेको छ। कतिपयले त त्यो समय डेनमार्कका डिफेन्डरले फरवार्ड रहिम स्टार्लिङलाई ‘टच’ नै नगरेको पनि बताएका छन्।

National life

अतिरिक्त समयको त्यो पेनाल्टीमा अहिले विवाद उत्पन्न भएको छ। त्यसैले इंग्ल्यान्डको २–१ गोलको जितसँगैको फाइनल यात्रा प्रश्नविहीन बन्न सकेन। खेलको १०२ औं मिनेटमा डी बक्सभित्र बलका साथ दौडिरहेका स्टार्लिङ डेनमार्कका खेलाडी मिथियास येनसन र योआकिम मेलको अघि लड्न पुगेका थिए। जतिबेला खेल १–१ गोलको बराबरीमा थियो।

त्यतिबेलै रेफ्री डेन्नमी मेकलेले देखिहाले र पेनाल्टी अवार्ड गरेका थिए। पछि उनले भीएआर सहयोग लिँदै अघिल्लो निर्णय भने परिवर्तन गरेनन्। यता डेनमार्कका खेलाडी भने रेफ्रीको त्यो निर्णयबाट निकै असन्तुष्ट बने। भीएआरमा उनले निकै छोटो चेक गरेपछि उनको निर्णय परिवर्तन भएन। जहाँ डेनमार्कका खेलाडीले धेरै नै नर्मल ‘टच’ स्टार्लिङलाई गरेका थिए, यदि त्यहाँ दुई खेलाडीबीच सम्पर्क नै भएको थियो भए पनि। त्यो टचले पेनाल्टीतर्फ जान भने दिँदैन।

यता उनी बक्समा पुग्नुपूर्व अर्को पनि घटना भएको थियो। खेलिरहेको बलको एक वा दुई मिटर टाढा अर्को बल पनि मैदानभित्र पसेको देखिन्थ्यो। त्यसपछि ग्यारेथ साउथगेटीको टिमले फाइनलमा कसरी स्थान बनायो भन्ने प्रश्नहरु पनि गरिन थालेको छ। यस्ता प्रश्नहरु उब्जिरहेको अवस्थामा खेलपछि गरिएको एक प्रश्नमा स्टार्लिङले त्यो विशुद्ध पेनाल्टी रहेको बताएका छन्।

‘हो, म बक्समा दौडिरहेको थिएँ। उनले (येनसन) दायाँ खुट्टा मेरो अघि ल्याए जसले मेरो खुट्टामा छोयो। त्यसैले यो विशुद्ध पेनाल्टी हो,’ म्यानचेस्टर सिटीका फरवार्ड स्टार्लिङले भने।

Laxmi sunrise bank
kumari

हेर्नुस् भिडियो क्लिप

प्रकाशित: Jul 08, 2021| 09:10 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।