शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा पहिरो जाँदा तीनको मृत्यु, विद्युत् आयोजना बगायो

दार्चुलामा पहिरो जाँदा तीनको मृत्यु, विद्युत् आयोजना बगायो

दार्चुलाको नौगाडमा पहिरोे जाँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– दार्चुलाको नौगाडमा पहिरोे जाँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–३ खार चौखुट्टेमा अविरल वर्षाका कारण गएको पहिरोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर भट्टले जानकारी दिए।

पहिरोले घर भत्काउँदा मृत्यु हुनेमा ७२ वर्षीया गेउली ठगुन्ना र तीन महिनाकी नातिनी मञ्जरी ठगुन्ना रहेका छन्। त्यस्तै घट्ट जान हिँडेका २९ वर्षिय लक्ष्मण सितोलीकोे पनि पहिरोमा पुरिँदा मृत्यु भएको छ।

डिएसपी भट्टका अनुसार पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको छ। पहिरोमा परी १८ वर्षीया हरमति ठगुन्ना सामान्य घाइते भएकी छन्।

बाढीसँगै आएकोे पहिरोले नौगाड–३ मा रहेको ३२ किलोवाटको खार दोस्रो जलविद्युत् आयोजना पनि बगएको छ। बाढीले खार–जामिर जोड्ने झोलुङ्गे पुल र पानी घट्ट पनि बगाएको छ।

भिडियाे-

प्रकाशित: Jul 08, 2021| 08:31 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।