कास्की- युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगितमा सट्टेबाजी खेलाएको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन्। प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो।
सट्टेबाजी खेलाइएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्वाट्सएप जस्ता अनलाइनमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका-६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो।
उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तरगत सट्टेबाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।