शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'काठमाडौंबाट ब्यानर बोकेर आउनेले अनुसन्धानमा बाधा पुर्‍याए'

'काठमाडौंबाट ब्यानर बोकेर आउनेले अनुसन्धानमा बाधा पुर्‍याए'

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ। प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, ‘हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्‍यौं। केही कुरा खुलेको छ। थप अनुसन्धान जारी छ।’

अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाइ थपेको उनले बताए। उनले भने, ‘काठमाडौंमा ब्यानर प्रिन्ट गरेर झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ।’ बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ। 

उनले भने, ‘अनुसन्धानमा खटिनुपर्ने प्रहरी कर्फ्यु व्यवस्थापनमा खटिनुपरेको छ।’ घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ। भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए। भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ। 

‘शव भेटिएदेखि नै अनुसन्धानको कामलाई अप्ठ्यारोमा पार्ने काम भएको छ। शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो। आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन्,’ अधिकारीले भने। 

प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाको पछि नदौडिनसमेत आग्रह गरे। उनले भने, ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस्। यसले घटनालाई अन्तै मोड्ने काम गर्छ।’ अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चारमाध्यमको मात्र विश्वास गर्न आग्रह गरे। 

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए। शव भेटिएको स्थानमा माउन्टेन डिउको बोतलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए। 

अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनको भनाइ छ। अहिलेसम्म प्रहरीले स्थानीयवासी र मृतकका आफन्तसँग सोधपुछको काम गरिरहेको छ। सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मंगलबार कर्फ्यु जारी गरेको छ।

युट्युबे 'सेलिब्रेटी' बन्न सडकमै 'न्यायाधीश' हुने कथित अभियन्ताको कथा

सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

 

 

प्रकाशित: Jul 08, 2021| 07:25 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।