शुक्रबार, भदौ ५, २०८३

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना भाइरस संक्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका-२ का वडा सदस्य तेजबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

दुल्लु- कोरोना भाइरस संक्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका-२ का वडा सदस्य तेजबहादुर थापाको बिहीबार बिहान मृत्यु भएको छ। 

कोरोना भाइरस संक्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताए। 

यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो। जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। 

उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय संक्रमितको संख्या ९७ छ। जिल्लामा गत महिना मृत्युदर शुन्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे।

प्रकाशित: Jul 08, 2021| 07:09 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।