शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इडीसीडीले प्रयोगशालालाई भन्यो- कोरोना संक्रमितको फोन नम्बर उपलब्ध गराइदिनुस्

इडीसीडीले प्रयोगशालालाई भन्यो- कोरोना संक्रमितको फोन नम्बर उपलब्ध गराइदिनुस्

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन सबै पीसीआर प्रयोगशालालाई अनुरोध गरेको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमााडौं- इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले कोरोना पोजिटिभ भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिन सबै पीसीआर प्रयोगशालालाई अनुरोध गरेको छ। 

महाशाखाले स्वाब परीक्षण गर्ने प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिको फोन नम्बर  इडीसीडीलाई उपलब्ध गराउन भनेको हो। 

इडीसीडीको कल सेन्टरबाट कोरोना संक्रमित भएकालाई फोन गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराइदिन भनेको हो। 

संक्रमित भएका व्यक्तिलाई फोन गर्न तथा घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पुरा नहुँदासम्म फलोअप गरिने भएकाले फोन नम्बर आवश्यक पर्ने महाशाखाले जनाएको छ। 

प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आएका व्यक्तिको सम्पर्क नम्बर र व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने तथा गलत नम्बर पनि उपलब्ध हुने हुँदा संक्रमितको व्यवस्थापन समस्या भएको भन्दै इडीसीडीले प्रयोगशालाहरूलाई उक्त अनुरोध गरेको जनाएको छ। 

इडीसीडीले पीसीआर परीक्षणका लागि आउने व्यक्तिहरूलाई अनिवार्य रूपमा सम्बन्धित व्यक्तिकै सम्पर्क नम्बर उल्लेख गर्न लगाउन पनि अनुरोध गरेको छ।

प्रकाशित: Jul 08, 2021| 07:05 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।