शुक्रबार, भदौ ५, २०८३

एमाले मिलाउन गठित कार्यदल आज पनि छलफलमा

सत्तारुढ दल नेकपा एमालेभित्र चर्किएको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेभित्र चर्किएको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ माधव कुमार नेपाल पक्षबीच देखिएका समस्या समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त, भीम आचार्यलगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतुत्वमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल सहभागी छन्।

कार्यदलकै पहलमा हिजो बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो। 
 

प्रकाशित: Jul 08, 2021| 06:55 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।