काठमाडौं– कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या विश्वभर ४० लाख पुगेको छ। कोभिडको संक्रमण विश्वभर फैलिए पनि सबैभन्दा बढी मृत्यु अमेरिका र भारतमा भएको छ।
बीबीसीका अनुसार भाइरसका कारण भारतमा ६ लाखभन्दा बढीको मृत्यु भएकोे छ भने अमेरिकामा ४ लाख १७ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्र संंघका महासचिव एन्टिनियो गुटेरेसले विश्वभर कोरोना भाइरसका कारण ४० लाखभन्दा बढीको मृत्यु भएकोेमा दुःख व्यक्त गरेका छन्। ‘योे निकै दर्दनाक अवस्था हो, महामारीलाई हराउनका लागि अझै कति समय लाग्ने हो, प्रष्ट भइसकेकोे छैन,’ गुटेरेसले भनेका छन्।
उनले महामारीको सामना गर्ने एकमात्रै विकल्प खोप लगाउने र स्वास्थ्य मापदण्ड पालना रहेको बताएका छन्।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर १८ करोड ५८ लाख ५७ हजार १ सय ४० जनामा संक्रमण भइसकेको छ।
अहिलेसम्म विश्वभर ३ अर्ब ३२ करोडभन्दा बढीले कोेरोनाको खोप लगाएको तथ्यांक छ।