बुधबार, माघ ७, २०८२

विम्बल्डनको क्वर्टरफाइनलबाटै बाहिरिए फेडेरर

२० पटकको ग्राण्डस्लम विजेता रोजर फेडेरर इंग्ल्यान्डमा जारी विम्बल्डनको क्वार्टरफाइनलबाटै बाहिरिएका छन्।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- २० पटकको ग्राण्डस्लम विजेता रोजर फेडेरर इंग्ल्यान्डमा जारी विम्बल्डनको क्वार्टरफाइनलबाटै बाहिरिएका छन्।

National life

यससँगै उनको नवौं पटक विम्बल्डनको उपाधि जित्ने महत्त्वकांक्षा समाप्त भएको छ।

क्वार्टरफाइनलको खेलमा स्विड टेनिस स्टार फेडेररलाई १४औं वरियताका हुबर्ट हुर्काजले ६–३, ७–६ (७–४) र ६–० को सेटमा हराएका थिए।

फेडेररलाई हराउँदै हुबर्ट भने पहिलोपटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन्। अब हुकार्काजेले सातौं वरियताका माथ्थिउ वेरेट्टिसँग आइतबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

यता इटालियन वेरेट्टीले क्यानाडाका फेलिक्स अउगरलाई ३–१ को खेलमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।

Laxmi sunrise bank
kumari

‘यो खेल मेरो लागि निकै विषेश रह्यो,’ फेडेररलाई हराएका हुबर्टले खेलपछि भने, ‘यहाँ खेल्नु र फडेररलाई हराउनु भनेको एउटा ठूलो सपना साकार हुनुजस्तै हो।’

उनी विम्बल्डनको सेमिफाइनलमा पुग्ने पोल्यान्डका दोस्रो खेलाडी हुन्। यता फेडेररले पहिलो पटक ग्राण्डस्लमको उपाधि जित्दा हुबर्ट छ वर्षका थिए।

प्रकाशित: Jul 08, 2021| 04:53 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।