काठमाडौं- अविरल वर्षाले खहरे खोलामा आएको बाढी बस्तिमा पस्दा चितवनको माडीका विभिन्न गाउँ डुवानमा परेका छन्।
बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल पसेपछि बस्ति डुबानमा परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
त्यहाँका घरहरूमा पानी पस्न थालेको छ। माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ।
माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ। मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ। बाढीले सडक कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको स्थानीयले बताएका छन्।