शुक्रबार, भदौ ५, २०८३

डुम्रे-बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

दमौली- पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिए। गत मंगलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो। डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ-ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ। पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन्। पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्‍याएको छ।

प्रकाशित: Jul 08, 2021| 03:55 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।