शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात ठप्प

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध, सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात ठप्प

अविरल वर्षासँगै पहिरोले सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाको यातायात सेवा प्रभावित बनेको छ। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- अविरल वर्षासँगै पहिरोले सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाको यातायात सेवा प्रभावित बनेको छ। 

बिहीबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ शाहुखर्कमा पहिरो खसेको हो।

राजमार्ग खुलाउन बिहानैदेखि डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ।

ठूलाढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ। राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक ट्रक शाहुखर्क वरपर रोकिएका छन्।

प्रकाशित: Jul 08, 2021| 03:41 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।