तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। ऋषिङ-८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।
श्रेष्ठका अनसार आज बिहान ५:३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो। 'श्रृङ्गपथ तलबाट पहिरो खसेको छ', उनले भने। बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन्।