शुक्रबार, भदौ ५, २०८३

युनियन लाइफको आईपीओ निस्कासन हुँदै

युनियन लाइफ इन्स्योरेन्सले आजबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- युनियन लाइफ इन्स्योरेन्सले आजबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने कम्पनीले जनाएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ। त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाइएको छ।

प्रकाशित: Jul 08, 2021| 02:15 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।