शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा पहिरोले ६ घर पुरिए : एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते

पाल्पामा पहिरोले ६ घर पुरिए : एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते

पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी ४ वर्षीय बालक बेपत्ता भएका छन्। 
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी ४ वर्षीय बालक बेपत्ता भएका छन्। 

बिहीबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा परी थप ७ जना घाइते भएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

पाल्पा प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले दोगाडीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको बताए। 'दोगाडीबाट घटनास्थल धेरै टाढा होइन। तर, ठाउँ-ठाउँमा गएको पहिरोले बाटो अवरुद्ध छ। गाडि जान सक्ने अवस्था छैन। बिहानै हिडेको प्रहरी टोली अझै घटनास्थल पुग्न सकेको छैन', उनले भने।

हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको प्रहरीले जनाएको छ। तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको खवर प्राप्त भएको भट्टराईले बताए। यस्तै पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन्।

प्रहरीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ। पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ।

प्रकाशित: Jul 08, 2021| 02:06 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।