शुक्रबार, भदौ ५, २०८३

आज पनि एमाले कार्यदल बैठक बस्ने

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बुधबार झाँझ सकिएको वार्ता सकारात्मक बनेको बताइएको छ।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बुधबार झाँझ सकिएको वार्ता सकारात्मक बनेको बताइएको छ।

दुई नेताबीच बुधबार साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो। साढे दुई घण्टासम्म चलेको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको वार्तामा सहभागी नेताहरूले बताएका थिए।

दुई नेताबीच सकारात्मक परिणाम कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको नेता भीम रावलले बताएका छन्। उनले समस्या समाधानका लागि गहिराइमा पुगेर छलफल गर्न आवश्यक देखिएकाले वार्ता जारी रहने बताए। 

वार्तामा एमाले नेताहरू रावल, विष्णु पौडेल, पाण्डे, रघुजी पन्तलगायतका दोस्रो तहका नेताहरू सहभागी थिए। सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपालतर्फका संयोजक रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो।

एमालेका दुवै पक्षका दोस्रो तहका ५–५ जना सदस्यहरू रहने गरी एमाले विवाद कार्यदल बनाइएको थियो। उक्त कार्यदलमा नेपाल पक्षका सदस्यहरूसँग बुधबार दिउँसो नेपालले छलफल गरेका थिए। यसपछि नेपाल ओलीसँग वार्ता गर्न तयार भएका हुन्।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन्।

कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो। बिहीबारको बैठकमा पनि एमाले विवाद समाधानकै विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ।

प्रकाशित: Jul 08, 2021| 01:36 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।