शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाले गठन गर्‍यो समान विचारधारा भएका समूहसँग वार्ता  गर्न समिति

राप्रपाले गठन गर्‍यो समान विचारधारा भएका समूहसँग वार्ता  गर्न समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ। समिति सदस्यमा जगत गौचन र ऋषिबाबु परियार छन्।  
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ। समिति सदस्यमा जगत गौचन र ऋषिबाबु परियार छन्।  

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लाेहनीको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय विशेष समितिको बुधबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रमको जिम्मेवारी दिएको छ।

यस्तै बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्रा.डा. जयन्तनाथ खनाल र प्रा.डा. यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरिएको पार्टीले जनाएको छ।

 
 

प्रकाशित: Jul 07, 2021| 16:16 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।