शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुरबाट तीन दिनअघि हराएका पाँच वर्षीय विवेककाे शव कुलाेमा भेटियाे

टीकापुरबाट तीन दिनअघि हराएका पाँच वर्षीय विवेककाे शव कुलाेमा भेटियाे

सोमबार बिहान बालक हराएको खबर पाएपछि खोजीका लागि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सोही दिन राति नै टीकापुर पुगेका थिए। मंगलबार बिहानैदेखि कुकुर परिचालन गरेर प्रहरी उपरीक्षक अधिकारी स्वयम् अनुसन्धानमा जुटेका थिए। तर, प्रहरीले बालकलाई फेला पार्न सकेको थिएन। 
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

धनगढी- सोमबारदेखि बेपत्ता बालकको शव फेला परेको छ। कैलाली जिल्लाको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ८ का दिलीप विष्टका ५ वर्षीय छोरा विवेक विष्टको शव जमरा कुलोको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। 

सोमबार बिहान बालक हराएको खबर पाएपछि खोजीका लागि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सोही दिन राति नै टीकापुर पुगेका थिए। मंगलबार बिहानैदेखि कुकुर परिचालन गरेर प्रहरी उपरीक्षक अधिकारी स्वयम् अनुसन्धानमा जुटेका थिए। तर, प्रहरीले बालकलाई फेला पार्न सकेको थिएन। 

सोमबार दिदी नाता पर्ने १५ वर्षीय पुनम विष्टसँग घरनजिकै जामुन खान गएका विवेक बिहान ११ बजेदेखि बेपत्ता भएका थिए। जामुन खाएर फर्किने क्रममा करिब सवा ११ बजेतिर पुनमले विवेकलाई सडकमै छोडेर साथीको घरमा गएकी थिइन्।

तर ५ मिनेटपछि फर्कदा विवेकलाई त्यहाँ नदेखेकाले साथीको घर गएको आशंकामा उनी फर्किएकी थिइन्। बालककी आमालाई पनि पुनमले साथीको घरमा खेल्न गएको बताएकी थिइन्। तर यसमा विवेककी आमा सन्तुष्ट हुन सकिनन्। उनी बालकलाई खोज्दै विवेकका साथीको घरमा पुगिन्। तर बालकको अवस्था पत्ता लागेन। यसपछि उनको खोजीकार्य सुरु भएको थियो।

प्रकाशित: Jul 07, 2021| 14:07 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।