शुक्रबार, भदौ ५, २०८३

४५० एम्पुल लागुऔषधसहित वीरगंजबाट एक युवा पक्राउ

सीमावर्ति भारतीय सहर रक्सौलबाट पर्साको इनर्वा गाउँको बाटो भएर कालो प्लास्टिकको झोलामा विभिन्न किसिमका ४५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-८ का २३ वर्षीय राहुल साह छन्। 

सीमावर्ति भारतीय सहर रक्सौलबाट पर्साको इनर्वा गाउँको बाटो भएर कालो प्लास्टिकको झोलामा विभिन्न किसिमका ४५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराएको छ।

साहको साथबाट नुर्फिन, डाइजेपाम र फेनारगन १५०-१५० पिस गरी ४५० एम्पुल लागुऔषध बरामद गरेको हो। पक्राउ परेका साहविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 07, 2021| 13:28 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।