शुक्रबार, भदौ ५, २०८३

दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्काभेटर दुर्घटनामा चालक शैल्यशिखर नगरपालिका बस्ने २८ वर्षीय विशन रावलको मृत्यु भएको हो।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

धनगढी- दार्चुलामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्काभेटर दुर्घटनामा चालक शैल्यशिखर नगरपालिका बस्ने २८ वर्षीय विशन रावलको मृत्यु भएको हो।

जिल्लाको अपीहिमाल गाउँपालिका–५ मकरीगाड तिङ्लास्थित कच्ची सडकखण्डअन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको सु.प.प्र. ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक सफा गर्ने क्रममा बेलुका ४ बजे स्काभेटर दुर्घटना हुँदा घाइते रावललाई उपचारको लागि मार्मास्थित लटिनाथ स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

प्रकाशित: Jul 07, 2021| 13:27 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।