बुधबार, असार २४, २०८३

इंग्ल्यान्ड भर्सेस डेनमार्क : प्लेयर्स टु वाच

जारी युरोकपको सेमिफाइनलमा आज बुधबार डेनमार्क र इंग्ल्यान्ड भिड्दा दुवै टिमका केही महत्त्वपूर्ण खेलाडी दर्शकको नजरमा पर्नेछन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– जारी युरोकपको सेमिफाइनलमा आज बुधबार डेनमार्क र इंग्ल्यान्ड भिड्दा दुवै टिमका केही महत्त्वपूर्ण खेलाडी दर्शकको नजरमा पर्नेछन्।

स्टार खेलाडीले भरिएको इंग्ल्यान्ड र उत्कृष्ट टिम गेम खेलिरहेको डेमार्कबीचका केही खेलाडीले खेललाई थप रोमाञ्चक बनाउने सक्नेछन्।

इंग्ल्यान्डको टिमबाट खेलिरहेका रहिम स्टार्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र जोर्डन हेन्डरसनले गोलसमेत गरेका छन्। त्यसमा पनि केन र स्टार्लिङले समान ३–३ गोल गरेका छन्। त्यसैले डिफेन्डर मग्वायरसहित केन र स्टार्लिङ खेलको केन्द्रमा रहनेछन्।

सुरुआती तीन खेलमा गोल गर्न नसकेका केनले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी इंग्ल्यान्डका कप्तानसमेत हुन्।

त्यस्तै, डेनमार्कका मार्टिन ब्रेथवेट र कास्पर डोलबर्ग खेलको केन्द्रमा रहनेछन्। डोलबर्गले अहिलेसम्म तीन गोल गरिसकेका छन् भने ब्रेथवेटले एक गोल गरेका छन्। यता डेनमार्कका डिफेन्डर सिमोन किया पनि आजको खेलको केन्द्रमा रहनेछन्।

डेनमार्कले अहिलेसम्म युरोमा ११ गोल गरेको छ भने इंग्ल्यान्डले आठ गोल गरेको छ।

प्रकाशित: Jul 07, 2021| 12:45 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।