बुटवल- पाल्पाबाट चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको टिप्पर बुधबार तिनाउमा खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी टिप्पर चालक पूर्वखोला गाउँपालिका- ५ पाल्पाका २६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो।
बुधबार बिहान पाल्पाको तिनाउँ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर सडकदेखि करिब ३०० मिटर तल तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ।
खोलामा टिप्पर खसेपछि घाइते भएका गैरेको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लिनारायण पाण्डेले बताए।