बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • वेम्बलीमा इङ्ल्यान्ड र डेनमार्कको अनौठो संयोग, के परिवर्तन होला यी दुईको नतिजा?

वेम्बलीमा इङ्ल्यान्ड र डेनमार्कको अनौठो संयोग, के परिवर्तन होला यी दुईको नतिजा?

६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्याण्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- ६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्यान्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

हरेकपटक लन्डनको वेम्बली रंगशालामा यी दुई टिमले खेल्दा अनौठो संयोग देखिने गरेको छ। इङ्ल्यान्ड र डेनमार्कबीच त्यहाँ भएका सातै खेल १-० गोलअन्तरमा टुंगिएका छन्। एकै नजिताका साथ इङ्ल्यान्डले पाँचपटक जितेको छ भने डेनमार्कले दुईपटक जितेको छ।

त्यस्तै, पछिल्ला ६ प्रतियोगितात्मक खेलमा इङ्ल्यान्डले डेनमार्कविरुद्ध एक मात्र जित निकालेको छ। त्यो सन् २००२ को विश्वकपमा थियो। त्यसबाहेक दुई खेलमा डेनमार्कले जितेको छ भने तीन खेल बराबरीमा टुंगिएका छन्।

विश्वकप र युरोकपलाई समग्रमा हेर्दा, त्यस्ता प्रतियोगितामा यी दुई टिमले तेस्रोपटक खेलेका छन्। १९९२ को समूह चरणमा पहिलोपटक भेट हुँदा खेल बराबरीमा रोकिएको थियो भने २०२० मा इंग्ल्यान्डले ३-० गोलले जितेको थियो।

ती दुईबीचको प्रतियोगिताको अन्तिम दुई खेल डेनमार्कले जितेको थियो। त्यसैले थ्री लायन्सविरुद्ध घरेलु मैदानमा लागातार दुई जित निकाल्ने टिम हो डेनमार्क। विश्वका अन्य कुनै टिमले वेम्बलीमा यस्तो जित निकाल्न सकेको छैन। जुन उसले १९८३ र २०२० मा निकालेको थयो।

यसकारण डेनमार्कका प्रशिक्षक क्यास्पर ह्यलमनले आफ्नो टिमलाई अन्डरडग भने पनि खेलमा त्यस्तो हाउभाउ नदेखाई समान्य फुटबल खेल्ने बताएका छन्।

अहिले इङ्ल्यान्ड तेस्रोपटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनल खेलिरहेको छ। तर ऊ अहिलेसम्म फाइनल पुगेको छैन। १९६८ को सेमिफाइनलमा इङ्ल्यान्डले युगोस्लाभियासँग हार बेहोरेको थियो भने १९९६ को सेमिफाइनलको टाइब्रेकरमा इङ्ल्यान्डलाई जर्मनीले हराएको थियो।

इङ्ल्यान्डको अन्य देशको भन्दा फरक पक्ष के हो भने, फाइनल नपुग्ने टिममध्ये सबैभन्दा युरोमा धेरै खेल खेल्ने टिम हो। उसले युरोमा ३६ खेल खेलेको छ। यता डेनमार्क आज चौथोपटक युरोकपको सेमिफाइनल खेल्दैछ। उसले यसअघि १९६४, १९८४ र १९९२ मा सेमिफाइनल खेलेको थियो।

जहाँ उसले १९९२ मा सेमिफाइनलबाट अघि बढेको फाइनलमा जर्मनीलाई हराउँदै युरोकपको उपाधि जितेको थियो।

प्रकाशित: Jul 07, 2021| 10:34 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।