आइतबार, साउन १७, २०८३

त्रिवि इन्जिनियरिङतर्फ ०७९ वैशाखसम्म  हुने परीक्षाको तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले २०७९ वैशाखसम्ममा सञ्चालन हुने सबै परीक्षाको तालिका सार्वजनिक गरेको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले २०७९ वैशाखसम्ममा सञ्चालन हुने सबै परीक्षाको तालिका सार्वजनिक गरेको छ।

त्रिवि इन्जिनियरिङतर्फका स्थगित परीक्षाहरु भौतिक दूरी कायम गरेर क्रमिक रुपमा सञ्चालन गदै जाने सम्पूर्ण परीक्षा तालिका परीक्षा नियन्त्रण महाशाखाले सार्वजनिक गरेको हो।

परीक्षा महाशाखाले स्नातकोत्तर र स्नातक तहका दुवै खण्डका नियमित तथा पुनः परीक्षाहरू सञ्चालन गर्दै जाने र परीक्षाफल पनि प्रकाशित गर्ने सूचना जारी गरेको हो।

२०७७ चैत र २०७८ वैशाखमा सञ्चालित स्नातक तह दोस्रो खण्डका नियमित तथा पुनः परीक्षाका परीक्षाफल प्रकाशित हुने क्रममा रहेको महाशाखाले जनाएको छ।
 

प्रकाशित: Jul 07, 2021| 11:35 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्