बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक फिलिप्सले बन्द प्रशिक्षणका लागि बोलाए ४५ खेलाडी

राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक फिलिप्सले बन्द प्रशिक्षणका लागि बोलाए ४५ खेलाडी

राष्ट्रिय महिला फुटबल टिमका पहिलो विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले राष्ट्रिय टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका छन्।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- राष्ट्रिय महिला फुटबल टिमका पहिलो विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले राष्ट्रिय टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना जारी गर्दै २०२२ को एएफसी वुमन्स कपको छनोटको तयारी गर्न ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

महिला टिमको बन्द प्रशिक्षण भोलि बिहीबारदेखि सुरु हुनेछ। एसिया कप छनोटमा नेपाल फिलिपिन्स र हङकङसँग समूह एफमा रहेको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, अनिता केसी, गीता राना, रेखा पौडेल, रश्मी घिसिङ, दीपा न्यौपाने, अन्जली योन्जन, प्रीति राई, कुसुम खतिवडा, निशा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भुजेल, रविना गोले, सरस्वती हमाल, अमिषा कार्की, सृजना सिंह, सविता राना, रजनी थोकर, सुस्मा तामाङ, पुनम जर्घ मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिके, विमला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, सृजना खड्का, निर्मला बिके, दीपा राई, सपना लामा, शर्मिला थापा, इन्दिरा राई, मनिष राउत, पुजा राना, निर्मला उपाध्याय, सिवानी कुस्वर, सलोनी राना मगर र चुम्लुङ्मा राई

गोलकिपर : अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, सावित्री किसन र सपना राई

प्रकाशित: Jul 07, 2021| 11:16 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।