शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रूपा सुनारको रिटलाई सर्वोच्चको अग्राधिकार, छलफलका लागि दुवै पक्षलाई बोलायो

रूपा सुनारको रिटलाई सर्वोच्चको अग्राधिकार, छलफलका लागि दुवै पक्षलाई बोलायो

जातीय भेदभाव भएको भन्दै रूपा सुनारले अन्तरिम आदेशको माग दाबीसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– जातीय भेदभाव भएको भन्दै रूपा सुनारले अन्तरिम आदेशको माग दाबीसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका विपक्षी र निवेदक पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको हो। 

कोठा भाडा प्रकरणमा सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित आफूलाई कोठा नदिने घरबेटी र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

इजलासले विषयको संवेदनशिलता हेर्दा रिट निवेदन शिघ्रातिशिघ्र टुङ्गो लगाउन वाञ्छनीय भएको भन्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम निवेदनलाई अग्राधिकारसमेत प्रदान गरेको छ।

प्रकाशित: Jul 07, 2021| 10:59 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।