सोमबार, चैत ९, २०८२

जनक शिक्षाले प्रतिलिपि नपाउँदा कक्षा १२ का विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने ​संकेत

पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को अनिवार्य विषयको पाठ्यपुस्तकको प्रतिलिपि तयार भइनसकेकाले छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउन नसकिएको जनाएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को अनिवार्य विषयको पाठ्यपुस्तकको प्रतिलिपि तयार भइनसकेकाले छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउन नसकिएको जनाएको छ।

National life

केन्द्रले पुस्तक लेखनको काम भएर प्रतिलिपि तयार हुने क्रममा रहेकाले तयार भएपछि जनक शिक्षालाई पठाइने र अनिवार्य पुस्तकमात्रै भएकाले  केही दिनमा नै छपाइ गर्न सकिने भएकाले कक्षा १२ का विद्यार्थीले पुस्तक समयमै पाउने दाबी गरेको छ।

केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले भने, ‘अहिले कक्षा १२ को पुस्तकको असार अन्तिमसम्ममा पाठ्यपुस्तक लेखन कार्य पूरा गरी पुस्तकको प्रतिलिपि तयार गरेर प्रकाशनका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउने छौं।’

सरकारले आर्थिक वर्ष ०७८–७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरिसकेको छ। कक्षा ११ को आन्तरिक मूल्याङ्कनको काम असार अन्तिमसम्ममा सकेर साउनदेखि कक्षा १२ को अध्यापन सुरु गर्न विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डले सर्कुलर जारी गरिसकेको छ।

तर पाठ्यक्रम विकास केन्द्रले अहिलेसम्म जनक शिक्षालाई पाठ्यपुस्तक छाप्ने अनुमति नदिँदा समयमै पुस्तक प्रकाशन हुने विषयमा भने ढुक्क हुने अवस्था छैन। जनक शिक्षाले भने पाठ्यक्रम विकास केन्द्रबाट प्रतिलिपि पाएलगत्तै तीन साताभित्र पुस्तक छपाइ कार्य पूरा गरी विद्यार्थीको हातमा पुर्याउन सकिने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए।

Laxmi sunrise bank
kumari

पाठ्क्रम विकास केन्द्रले जनक शिक्षालाई अनिवार्य विषयहरु नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षाको पुस्तकको प्रतिलिपि उपलव्ध गराउन सकेको छैन। यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने विद्यार्थीलाई छ वटै विषयको पुस्तक किन्नका आगि आवश्यक रकम स्थानीय तहमा पठाइसकिएको जनाएको छ। 

प्रकाशित: Jul 07, 2021| 08:55 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्