सोमबार, चैत ९, २०८२

जोन्सन एण्ड जोन्सनको साढे १५ लाख डोज खोप नेपाल आउने

विश्व स्वास्थ्य संगठनको सहजीकरणमा अमेरिकी कम्पनीले जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप दिने भएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठनको सहजीकरणमा अमेरिकी कम्पनीले जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप दिने भएको छ। उक्त खोप आयातका लागि स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ। 

National life

उक्त खोप कोभ्याक्स फ्यासिलिटीबाट अनुदानमा आउन लागेको हो। उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्। 

अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ। 

यसअघि पनि कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार खोप ‘कोभिसिल्ड’ दिएको थियो।

No description available.

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2021| 07:30 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्