बुधबार, असार २४, २०८३

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने

जुलाई ११ तारिखमा हुने दक्षिण अमेरिकी देशहरूको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने भएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- जुलाई ११ तारिखमा हुने दक्षिण अमेरिकी देशहरूको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्ने भएको छ।

बुधबार बिहान सम्पन्न कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाविरुद्ध जित निकालेसँगै अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँग भेट निश्चित गरेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो, जहाँ अर्जेन्टिनाले ३–२ गोलको जित निकाल्यो। अर्जेन्टिनाले कोलम्बियाको तीन प्रहार बचाउन सफल भयो।

आजको खेलको सातौँ मिनेटमै विंगर एवम् कप्तान लियोनेल मेस्सीले दिएको पासको सदुपयोग गर्दै लाउतारो मार्टिनेजले गोल गरेका थिए।

सुरुआतको गोलसँगै पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि रह्यो। तर, ६१ औं मिनेटमा इ कार्डोनाले दिएको पासलाई लुइस जियाजले गोलमा परिणत गरेसँगै खेल बराबरीमा आएको थियो।

खेलको ७४ औं मिनेटमा फरवार्ड डी मारियाले कोलम्बियाका गोलकिपर डी ओस्पिनालाई बिट गरिसकेको अवस्थामा पनि गोल गर्न सकेनन्। उनले दिएको पासलाई मार्टिनेजले प्रहार गरे पनि पोस्टमा लागेर फर्किएको थियो।

त्यसपछिका दुई फ्री किक पनि मेस्सीले सदुपयोग गर्न सकेनन्। प्रतिस्पर्धात्मक खेल अवधिभर अर्जेन्टिनाले विपक्षीको पोस्टतर्फ १३ प्रहार गरेको थियो भने कोलम्बियाले १४ प्रहार गरेको थियो। तर, दुवै टिमको एक बाहेकका सबै प्रहार खेर गए। त्यसैले खेल पेनाल्टी सुटसम्म पुगेको थियो।

पेनाल्टीमा कोलम्बियाका जुवन कुवड्राडो र मिगल बोर्जाले गोल गरे। डेभिसन सान्चेज, येरी मिना र एड्विन कोर्डोनाको गोल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बचाए।

यता अर्जेन्टिनाका लागि मेस्सी, लियन्द्रो परेडेस, लाउतारो मार्टिनेजले गोल गरे भने डी पलले पोस्टबाहिर प्रहार गरेका थिए।

१४ पटकको विजेता अर्जेन्टिनाले अहिलेसम्म कोपामा अपराजित यात्रा गरिरहेको छ। अर्जेन्टिनाले समूह चरणमा चिलीसँग १–१ गोलको बराबरी गरेको थियो। त्यस्तै उसले उरुग्वेसँग १–०, पाराग्वेसँग १–० र बोलिभियासँग ४–१ गोलले जित निकालेको थियो। यता क्वार्टरफाइनलमा उसले इक्वेडरलाई ३–० गोलले हराएको थियो।

त्यस्तै, समूह बी को तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको कोलम्बियाले समूहमा एक मात्र जित निकालेको थियो। भेनेजुएलासँग गोलरहित बराबरी खेलेको कोलम्बियाले इक्वेडरलाई हराएको थियो।

यता ब्राजिल र पेरुसँगको खेलमा भने कोलम्बियाले नतिजा विपक्षीलाई सुम्पिन पुगेको थियो। क्वार्टरफाइनलको खेलमा भने उरुग्वेसँग गोलरहित बराबरी भएपछि उसले पेनाल्टीमा जित निकालेको थियो। तर, अर्जेन्टिनाविरुद्धको पेनाल्टी कोलम्बियालाई फाइदाजनक भएन।

प्रकाशित: Jul 07, 2021| 03:23 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।