बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोकप : सेमिफाइनलको दोस्रो खेलमा डेनमार्क र इंग्ल्यान्ड भिड्दै

युरोकप : सेमिफाइनलको दोस्रो खेलमा डेनमार्क र इंग्ल्यान्ड भिड्दै

युरो कपअन्तर्गत बुधबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ। लन्डनको वेम्बली रंगशालामा राति पौने १ बजे सुरु हुने सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- युरो कपअन्तर्गत बुधबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ। लन्डनको वेम्बली रंगशालामा राति पौने १ बजे सुरु हुने सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।

त्यसैले आजको खेलमा इंग्ल्यान्डले घरेलु मैदानमा घरेलु समर्थकमाझ डेनमार्कसँग खेल्नेछ। आजको खेलमा जित निकाल्दै इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा पुग्ने  दाउमा छ।

आजको खेलमा जित निकाल्न सके विश्वकप जितेको ५५ वर्षपछि इंग्ल्यान्ड युरो कपको फाइनलमा पुग्नेछ।

यता डेनमार्क भने उसकै मैदानमा इंग्ल्यान्डलाई हराएर फाइनल पुग्न चहान्छ।

युरोकपको मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई टाइब्रेकरमा हराएको थियो। त्यसैले इंग्ल्यान्ड र डेनमार्कको विजेताले आगमि जुलाई ११ हुने फाइनल खेलमा इटालीको सामाना गर्नेछ।

जारी युरोमा यि दुई टिमको प्रदर्शनको कुरा गर्दा डेनमार्कले पहिलो दुई खेलमा हार बेहोरे पनि समूहको अन्तिमा खेलमा रसियाविरुद्ध ४–१ गोलको जित निकाल्दै नकआउट चरणमा पुगेको थियो।

उसले अन्तिम १६ मा वेल्सलाई ४-० र क्वार्टरफाइनलमा चेक गणतन्त्रलाई २-१ गोलले हराएको थियो।

यता समूह डीको विजेता इंग्ल्यान्डल समूहमा चेक गणतन्त्र र क्रोएसियाविरुद्ध समान १-० गोलको जित निकालेको थियो भने स्कटल्यान्डसँग बराबरीमा रोकिएको थियो।

त्यस्तै, अन्तिम १६ मा जर्मनीलाई २-० गोलले हराएको इंग्ल्यान्डले क्वार्टरफाइनलमा युक्रेनविरुद्ध चार गोल गरेको थियो।

प्रकाशित: Jul 07, 2021| 02:18 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।