सोमबार, चैत ९, २०८२

मुटु स्वस्थ राख्न के गर्ने?

मानव शरीरका प्रत्यक अंगको आ-आफ्नै महत्वपूर्ण भूमिका छ। हामीले काम गर्दा पनि सबै अंगले आ-आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्। हामीले कुनै चिज उठाउँदा हाम्रो हातको काम बढी हुन्छ। 
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

मानव शरीरका प्रत्यक अंगको आ-आफ्नै महत्वपूर्ण भूमिका छ। हामीले काम गर्दा पनि सबै अंगले आ-आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्। हामीले कुनै चिज उठाउँदा हाम्रो हातको काम बढी हुन्छ। 

National life

यो त बाहिर देखिने अंग मात्रै हो। हाम्रो शरीर भित्र पनि निकै मत्वपूर्ण अंग छन्। हाम्रो मुटु अभिन्न अंग मध्ये एक हो। मुटुले हाम्रो शरीर भर अक्सिजन युक्त रगतको प्रवाह गर्ने काम गर्छ। कार्बनडाइअक्साइड युक्त रगतलाई  फिल्टर गर्दै मुटुले अक्सिकरण गर्छ।

मुटु हाम्रो महत्वपूर्ण अंग हो। तर, आजभोली मानिसमा मुटुको समस्या गम्भीर बन्दै गएको छ। हाम्रो खराव दैनिकीका कारण मुटु सम्बन्धि रोग लाग्ने गरेको छ।

मुटुलाई स्वस्थ राख्नका लागि धुमपानको सेवन गर्नु हुँदैन। धुमपान हाम्रो मुटुका लागि निकै घातक हुन्छ। चुरोटमा निकोटिन हुन्छ। यसले तनाव कम गरे पनि हाम्रो मुटु र फोक्सोमा हानी पुर्‍याउँछ। 

शारीरिक व्यायाम कम गर्दा पनि मुटुलाई हानी पुग्छ। हामीले नियमित शारीरिक व्यायाम गर्नुपर्छ। लामो समयसम्म शारीरिक व्यायाम हुने काम नगर्दा शरीरको ब्लड सर्कुलेशनको सन्तुलन बिग्रिन पुग्छ। जसले गर्दा हाम्रा शरीरका धमनी साघुरिने गर्छन्। जसले गर्दा मुटु सम्बन्धि समस्या बढ्ने जोखिम हुन्छ।

Laxmi sunrise bank
kumari

स्वस्थ रहनका लागि मुटुलाई पनि स्वस्थ राख्नुपर्छ। यसका लागि सन्तुलित आहारको निकै महत्व हुन्छ। बाहिरको जंग फुड खानु हुँदैन। घरमै पाकेको स्वस्थकर खाना खानुपर्छ। नियमित फलफूल र सागपातको सेवन गर्नुपर्छ।

यसका साथै तनाव लिनु हुँदैन। आजको भागदौडपूर्ण जीवनमा मानिस तनावमा हुन्छन्। तनावले हाम्रो स्वास्थ्य र मुटुमा असर गर्छ। अधिक तनाव लिँदा हामी डिप्रेशनमा जाने जोखिम हुन्छ। यस्ता मानिसमा हार्ट हट्याकको जोखिम हुन्छ। त्यसैले सधै तनाव मुक्त हुनुपर्छ।

प्रकाशित: Jul 07, 2021| 01:31 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्