बुधबार, असोज १४, २०८३

त्रिवि वन विज्ञान अध्ययन संस्थानले खुलायो स्नातकोत्तर तहको नियमित तथा पुनः परीक्षा आवेदन

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले स्नातकोत्तर तहको नियमित तथा पुनः परीक्षाका लागि आवेदन फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले स्नातकोत्तर तहको नियमित तथा पुनः परीक्षाका लागि आवेदन फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ ।

वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालयले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेष्टरको नियमित परीक्षा तथा प्रथम वर्ष प्रथम सेमेष्टर, प्रथम वर्ष दोस्रो सेमेष्टर,दोस्रो वर्ष प्रथम सेमेष्टर र तेस्रो वर्ष दोस्रो सेमेष्टरको पुनः परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरूका लागि आवेदन फारम भर्न सूचित गरेको हो ।

परीक्षामा सम्मिलित हुने विद्यार्थीहरूले साउन १० गते भित्र कलेजमा सम्पर्क राख्न परीक्षा नियन्त्रण महाशाखाले विद्यार्थीलाई सूचित गरेको छ।

प्रकाशित: Jul 07, 2021| 00:54 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्