बुधबार, असार २४, २०८३

'पेनाल्टी सुट-आउ'टमा स्पेनलाई हराउँदै इटाली युरो कपको फाइनलमा

 पेनाल्टीमा इटालीले ४–२ को जित निकालेको हो। इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेका थिए। तर बाँकी खेलाडी भने गोल गर्न सफल रहे।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं – युरो कप अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा इटालीले जित निकलेको छ। लन्डनस्थित वेम्बली रंगशालामा सम्पन्न खेलमा स्पेनविरुद्ध इटालीले टाईब्रेकरमा जित निकालेको हो।

खेलको निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो। थपिएको ३० मिनेटमा पनि गोल खेलको निर्णय हुन नसकेपछि खेलको निर्ण पेनाल्टीबाट लिइएको हो।

खेलमा फेडेरिको कियाजोको गोलमा इटालीले अग्रता बनाए पनि उसले अग्रता कायम राख्न सकेन।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि खेलको ६० औं मिनेमा सिरो इमोबिलेको पासको सदुपयोग गर्दै इटालीले अग्रता बनाएको थियो।

यता ८० औं मिनेटमा ड्यानी ओल्मोले दिएको पासको सदुपयोग गर्दै अल्भेरो मोराटाले गोल गरेका थिए।

 पेनाल्टीमा इटालीले ४–२ को जित निकालेको हो। इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेका थिए। तर बाँकी खेलाडी भने गोल गर्न सफल रहे।

यससँगै इटाली ३३ खेलसम्म अपराजित छ। ए युरो कप २०२० को फाइनलमा प्रवेश गरेको छ। आउँदो जुलाई १२ मा हुने फाइनल खेलमा इटालीले इंग्ल्यान्ड र डेनमार्कको विजेताको सामना गर्नेछ।


प्रकाशित: Jul 06, 2021| 21:45 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।