बुधबार, माघ ७, २०८२

इटालीको के छ त्यस्तो ताकत जसले आज पनि खेल जित्न सक्छ

इटालियन शैलीमा धेरै खेलाडी आक्रमणमा अगाडि बढ्दैनन्।  सावधान बन्दै बल खेलाउने प्राविधिक कौशल र क्षमता निकै लोभलाग्दो देखिन्छ उनीहरुको। 
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं– युरोकप २०२० अन्तर्गत पहिलो सेमिफाइनल आज राति पौने १ बजे इटाली र स्पेनबीच हुँदैछ। दुवै देश आआफ्नो शैलीमा फुटबल खेल्न विश्वभर चर्चित छन्। ४४ वर्षको उपाधि खडेरीपछि विश्वप्रसिद्ध टिकिटाका शैली प्रयोग गरेर दुई युरो कप र एक विश्वकप जितेको स्पेनिस टिममा आज पनि त्यही शैली देख्न पाइनेछ।

National life

विश्व फुटबलमा इटालीको पनि आफ्नै पहिचान र शैली छ। खासगरी आक्रमण गति र खेलाडीबीचको समन्वयका कारण इटालीलाई समर्थकहरुले मन पराउँछन्। स्पेनको टिकिटाका शैलीमा बल पोसेसन राम्रो बनाइन्छ भने इटालियन ‘खेटनाक्सियो’ मा रक्षापंक्ति मजबुत बनाइन्छ। 

इटालियन शैलीको फुटबल अरूभन्दा फरक छ। इटालीका खेलाडी सतर्क र नियन्त्रणयुक्त खेलमा जोड दिन्छन्। इटालियन शैलीमा धेरै खेलाडी आक्रमणमा अगाडि बढ्दैनन्।  सावधान बन्दै बल खेलाउने प्राविधिक कौशल र क्षमता निकै लोभलाग्दो देखिन्छ उनीहरुको। 

फरवार्डमा गति तीव्र छ भने डिफेन्समा इटाली चतुर छ। मैदानको छेउमा विपक्षी आक्रमणलाई पहिले सुस्त बनाउने र पछि दबाबमा बदल्ने इटालीको पुरानै शैली हो। यस्तै पछिल्तिर बल खेल्नु र विपक्षीलाई निराश पार्नु इटालियन टिमको विशेषता नै हो।

त्यसैले यो शैलीलाई ‘डुबर बोल्ट शैली’ पनि भन्ने गरिन्छ। यसमा चुस्त र प्रभावशाली डिफेन्स लाइन हुन्छ। यो भनेको घरभित्र रहेका मानिसलाई जस्तै विपक्षीको आक्रमणबाट सुरक्षित बनाउनु हो। यस्तो शैलीले खेलाडीलाई खेलको गति नियन्त्रण गर्न र इच्छाअनुसार गति बढाउन सहयोग गर्छ। तर अहिलेको दबाबपूर्ण खेलमा इटालीले यो शैलीभन्दा अघि बढेर पनि खेल्ने गरेको छ। पछिल्लो खेलमा पनि उसले बेल्जियमविरुद्ध आफूलाई उच्च पेसमा स्थापित गरिसकेको छ।

Laxmi sunrise bank
kumari

फरवार्डमा गति तीव्र छ भने डिफेन्समा इटाली चतुर छ। मैदानको छेउमा विपक्षी आक्रमणलाई पहिले सुस्त बनाउने र पछि दबाबमा बदल्ने इटालीको पुरानै शैली हो। यस्तै पछिल्तिर बल खेल्नु र विपक्षीलाई निराश पार्नु इटालियन टिमको विशेषता नै हो।

इटालियन टिममा औसत उत्कृष्ट खेलाडी छन्। टिममा क्रिस्टियानो रोनाल्डो, रामेलु लुकाकु, ह्यारी केनजस्ता प्रभावशाली खेलाडी त छैनन्। तर जति छन् उनीहरुको ‘टिमगेम’ निकै स्तरीय छ।

इटालियन फरवार्ड क्रस निकाल्ने र अप्रत्यक्ष दौडने गर्छन्। यसले विपक्षी डिफेन्डरलाई फरवार्डको गति आँकलन गर्न समस्या पारिदिन्छ। यद्यपि इटालियन खेलाडी रचनात्मक खेल खेल्न चुक्दैनन्। गोल गर्ने अवसर पाएमा शान्त बस्दैनन्। विपक्षीलाई आजित बनाएर हमला गर्न खप्पिस मानिन्छन्। विपक्षी टिमको कमजोरीका क्षण पहिल्याउन पनि उत्तिकै सिपालु छन् इटालीका खेलाडी। यस्तो खेलमा दर्शकले द्रूत गतिको फुटबल देख्दैनन्। विधिवत् रूपमा रक्षात्मक खेल रणनीति देख्नेछन्।

इटालीको फुटबल टिमका प्रशिक्षक रोबर्टो मान्सिनी

२०१८ को विश्वकप छनोटबाट बाहिरिएपछि आएका प्रशिक्षक रोबर्टो मान्सिनीले इटालीको खेल शैली परिवर्तन गरिदिएका छन्। मान्सिनीको प्रशिक्षणपछि इटालीले एक गोल गरेर रक्षात्मक खेल्ने नयाँ शैली अपनाउँदै आएको छ। इटालीले पछिल्ला १० खेलमा २८ गोल गरिसकेको छ। 

अहिले इटालियन टिमले बढी आक्रमण गरिरहेको देख्न सकिन्छ। विश्वकप छनोटमा असफल भएको टिमले लगातार जित निकालिरहेको छ। तर उसले आफ्नो पुरानो शैली छाडिसकेको छैन। त्यसैले त इटालीको परम्परागत शैली मन पराउने समर्थकले पनि मान्सिनीको विरोध गरेका छैनन्।

प्रकाशित: Jul 06, 2021| 17:47 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।