सोमबार, चैत ९, २०८२

मध्यपश्चिम विश्वविद्यालयको अर्काे बदमासी : कोर्स नै तयार नगरी पढाइ पूरा 

परीक्षामा गम्भीर लापरबाही गर्ने दुई उपप्राध्यापक बर्खास्त हुनेबित्तिकै मध्यपश्चिम विश्वविद्यालयले अर्को बदमासी गरेको पाइएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

सुर्खेत- परीक्षामा गम्भीर लापरबाही गर्ने दुई उपप्राध्यापक बर्खास्त हुनेबित्तिकै मध्यपश्चिम विश्वविद्यालयले अर्को बदमासी गरेको पाइएको छ। विश्वविद्यालयको हाइड्रो इन्जिनियरिङ संकायको आठौं सेमेस्टरको पूरा कोर्स (पाठ्यक्रम) नै तयार नगरी पढाइ पूरा गरेर लापरबाही गरेको पुष्टि भएको हो।

National life

‘हाइड्रो इन्जिनियरिङ जस्तो विषयमा कोर्स नै तयार नगरी पढाइ पूरा गरिएकाे रहेछ’, विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने, ‘पहिले विषयको नाम मात्रै पास गरेछन्, अहिले पढाइ पूरा भएपछि कोर्स स्वीकृतिका लागि फाइल आएको छ।’

कोर्स नै तयार नगरी पढाइ पूरा भएको भेटिएपछि विश्वविद्यालयले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको उपकुलपति सिंहले बताए। विज्ञान तथा प्रविधि संकायका डिन सुदीपसिंह ठकुरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हाे।

कोर्स नै तयार नगरी पढाइ पूरा भएको भेटिएपछि विश्वविद्यालयले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको उपकुलपति सिंहले बताए। विज्ञान तथा प्रविधि संकायका डिन सुदीपसिंह ठकुरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हाे।

कुनै पनि विषयको पठनपाठन गर्नुअघि विद्या परिषद्को सिफारिसमा प्राज्ञिक परिषद्बाट कोर्सको स्वीकृति लिनुपर्ने प्रावधान छ। सम्बन्धित संकायका डिनको अध्यक्षतामा विद्या परिषद् र विश्वविद्यालयका उपकुलपतिको अध्यक्षतामा प्राज्ञिक परिषद् रहने व्यवस्था छ। तर हाइड्रो आठौं सेमेस्टरमा भने दुवै परिषद्बाट कोर्स पास नगरेर पठनपाठन पूरा गरिएको हो। पढाइ पूरा भएपछि मात्रै कोर्स स्वीकृतिका लागि प्राज्ञिक परिषद्मा फाइल पठाइएको पाइएको उपकुलपति सिंहले बताए।

Laxmi sunrise bank
kumari

यसअघि  इन्जिनियरिङ संकायतर्फको स्नातकोत्तर कार्यक्रम निर्देशक उपप्रध्यापक विश्वनाथ यादव र स्कुल अफ ल तर्फको करारमा अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गरिएको छ। कार्यक्रम निर्देशक रहेका यादवले परीक्षामा नै सामेल नभएका विद्यार्थीलाई पास गराएको र विषय शिक्षकले दिएको नम्बरमा थपघट गरेको पाइएपछि छानबिन गर्दा उनी दोषी ठहर भएका हुन्। यस्तै उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएको थियो। 

 

प्रकाशित: Jul 06, 2021| 14:30 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्