बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इङ्ल्याण्डका तीन खेलाडीसहित ७ जनामा कोरोना, पाकिस्तानविरुद्ध अर्को टोली घोषणा गर्नुपर्ने

इङ्ल्याण्डका तीन खेलाडीसहित ७ जनामा कोरोना, पाकिस्तानविरुद्ध अर्को टोली घोषणा गर्नुपर्ने

पाकिस्तानविरुद्धको एक दिवसीय सिरिजको तयारीमा रहेको इङ्ल्याण्डका ३ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

एजेन्सी- पाकिस्तानविरुद्धको एक दिवसीय सिरिजको तयारीमा रहेको इङ्ल्याण्डका ३ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ जनमा कोरोना पुष्टि भएपछि अरु खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ। पाकिस्तानविरुद्धको पहिलो खेल आगामी बिहीबार कार्डिफमा सुरु गर्ने तयारी छ।

तर सोमबार गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएपछि टिमका अन्य खेलाडी पनि १० दिनका लागि क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

इङ्ल्याण्ड क्रिकेटका अधिकारीहरुका अनुसार अब बेन स्टोक्स टिम कप्तानका रुपमा मैदान भित्रिने छन्। स्टोक्सलाई गत आईपिएल क्रिकेटका क्रममा औंलामा चोट लागेको थियो।

पाकिस्तानविरुद्ध खेल्न लागेको इङ्ल्याण्डले पहिलो तीनवाट एक दिवसीय म्याच र त्यसपछि तीनवटा टी–ट्वेन्टी म्याच खेल्ने तयारी गरेको छ।

प्रकाशित: Jul 06, 2021| 09:43 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।