बुधबार, असार २४, २०८३

कोपा अमेरिका : अपराजित अर्जेन्टिनाको नजर फाइनलमा

कोपा अमेरिकाअन्तर्गत बुधबार बिहान सेमिफाइनलको दोस्रो तथा अन्तिम खेल हुँदैछ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं– कोपा अमेरिकाअन्तर्गत बुधबार बिहान सेमिफाइनलको दोस्रो तथा अन्तिम खेल हुँदैछ। ब्राजिलको स्टेडियो नेसनल डि ब्राजिलियामा हुने दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।

गएको जुन १३ बाट ब्राजिलमा सुरु भएको कोपा अमेरिकाको यो खेल सकिएसँगै फाइनल र तेस्रो स्थानको लागि खेलिने खेल मात्र बाँकी रहनेछ। भोलि विहानको खेलमा जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुग्ने दाउमा छ।

पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १–० गोलले हराएकाले अर्जेन्टिना र कोलम्बियाको विजेताले उपाधिका लागि फाइनलमा ब्राजिलको सामना गर्नेछ। यता पराजित हुने टिमले चाहिँ कोलम्बियाको सामना गर्नेछ। त्यो खेलले तेस्रो र चौथो टिमको निर्क्योल गर्नेछ।

कप्तान लियोनेल मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम ठूलो उपाधि जितेका छैनन्। त्यसैले उनी यो खेलका साथै फाइनल जित्ने ठूलो महत्वकांक्षी हुन्। अर्जेन्टिनाले २०१६ मा फाइनलमा चिलीसँग हार बेहोरेको थियो। त्यतिबेला मेस्सीले संन्यास घोषणा गरे पनि पछि फिर्ता लिएका थिए।

तर यो सिजन अर्जेन्टिना उपाधिको बलियो दावेदारको रुपमा आएको छ। १४ पटकको विजेता अर्जेन्टिनाले अहिलेसम्म कोपामा अपराजित यात्रा गरिरहेको छ। अर्जेन्टिनाले समूह चरणमा चिलीसँग १–१ गोलको बराबरी गरेको थियो। त्यस्तै उसले उरुग्वेसँग १–०, पाराग्वेसँगे १–० र बोलिभियासँग ४–१ गोलले जित निकालेको थियो। यता क्वार्टरफाइनलमा उसले इक्वेडरलाई ३–० गोलले हराएको थियो।

त्यस्तै, समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको कोलम्बियाले समूहमा एक मात्र जित निकालेको थियो। भेनेजुएलासँग गोलरहित बराबरी खेलेको कोलम्बियाले इक्वेडरलाई हराएको थियो।

यता ब्राजिल र पेरुसँगको खेलमा भने नजिता विपक्षीको पोल्टामा परेको थियो। क्वार्टरफाइनलको खेलमा भने उरुग्वेसँग गोलरहित बराबरी भएपछि उसले पेनाल्टीमा जित निकालेको थियो।

प्रकाशित: Jul 06, 2021| 09:25 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।