आइतबार, साउन १७, २०८३

सहिद र द्वन्द्वपीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सहिद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सहिद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।

केन्द्रले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सहिद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीलाई विगत वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम विद्यालय क्षेत्र विकास कार्यक्रममा उल्लेखित प्रक्रियाको आधारमा प्रदान गर्न निर्देशन दिएको हो।

द्वन्द्वपीडित तथा सहिदका छोराछोरीका लागि छात्रवृत्ति विभिन्न जिल्लाहरुबाट थप माग भए वमोजिमको छात्रवृत्ति रकम प्रदान गरिसकिएको हुनाले इकाइलाई प्रक्रिया पुर्याएर प्रदान गर्न निर्देशन दिएको केन्द्रले सूचनामा उल्लेख गरेको छ। 

चालु आर्थिक वर्ष २०७७–७८ मा विद्यालयमा अध्ययन गर्ने शहिदका छोराछोरी, द्वन्द्वपीडित बालबालिका, दलित, अति सीमान्तकृत तथा लोपोन्मुख २६ लाख ४ हजार २ सय ६२ विद्यार्थीरुलाई विपन्न परिवार लक्षित छात्रवृत्ति प्रदान गरिएको छ।

सरकारले छात्रवृत्ति वितरणबाट विद्यार्थीको समतामूलक पहुँच विस्तार, विद्यालयमा विद्यार्थीको निरन्तरता, शैक्षिक गुणस्तरमा सुधार र उनीहरूलाई शिक्षण सिकाइको अवसर प्रदान गरिने जस्ता उपलव्धी हासिल हुने बताउँदै आएको छ।

प्रकाशित: Jul 06, 2021| 09:02 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्