बुधबार, माघ ७, २०८२

इटाली र स्पेन : हेड टू हेडमा को छ बलियो?

युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता युरोकपमा सातौँ पटक भिड्दैछन् इटाली र स्पेन।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौं- युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता युरोकपमा सातौँ पटक भिड्दैछन् इटाली र स्पेन। साथै अहिले स्पेन युरोकपमा लगातार चौथो पटक नकआउट चरणमा भिडिरहेका छन्।

National life

उनीहरूले यसअघि लगातार तीन पटक २००८, २०१२ र २०१६ मा प्रतिस्पर्धा गरिसकेका छन्। यसअघि २००८ र २०१२ मा इटालीलाई हराएको स्पेनले उपाधि जितेको थियो भने २०१६ मा इटालीले स्पेनलाई हराएको थियो।

यता, उनीहरूको पछिल्ला १४ खेलमा सात खेल त बराबरीमै रोकिएका छन् भने पाँच खेलमा स्पेनले बाजी मारेको छ। ती खेल दौरानमा इटालीले अहिलेसम्म दुईपटक स्पेनलाई हराएको छ।

सन् २०११ को एक मैत्रीपूर्ण खेलमा इटालीले स्पेनलाई २–१ गोलले हराएको थियो भने २०१६ को युरोकपको अन्तिम १६ मा पनि इटालीले स्पेनलाई हराएको थियो।

विश्वकप र युरोकप इतिहासमा यी दुई प्रतिस्पर्धी ९ पटक भेट भएका छन्। त्यसमा चाहिँ नतिजा केही फरक छ।

Laxmi sunrise bank
kumari

दुई खेलमा स्पेनले जित निकाल्दा इटालीले पाँच पटक जितेको छ। त्यसबाहेकका खेल बराबरीमा रोकिएका छन्। त्यसैले यी दुई टिमको खेलसँगै उनीहरू युरोकप र विश्वकप संयुक्तमा सबैभन्दा धेरै पटक भिड्ने टिम बन्दै छन्।

ठूलो प्रतियोगितामा अहिले इटाली आफ्नो १२ औं सेमिफाइनल खेलिरहेको छ, जहाँ ऊ अन्तिम ४ मा सबैभन्दा धेरै पटक पुग्ने टिममा इटालीभन्दा अघि (२०) जर्मनी मात्र छ। त्यस्तै, उसले खेलेको ११ सेमिफाइनलमध्ये ९ सेमिफाइनल जितेको छ।

पछिल्लो समय २०१२ को फाइनलमा पनि इटालीले स्पेनसँगै ४–० गोलको हार बेहोरेको थियो।

अहिलेको युरोकपमा इटालीले पछिल्ला पाँचै खेलमा जित निकालेको छ। उसले विश्वकपमा मात्र लगातार ६ जित निकाल्न सकेको छ। त्यसयता ठूलो प्रतियोगितामा लगातार धेरै जित निकालेको छैन। यता स्पेनले दुई बराबरी र तीन जित निकालको छ।

इटाली र स्पेनको ऐतिहासिक भेट:

१९३४ विश्वकप इटाली १–१ स्पेन

१९९४ विश्वकप क्वार्टरफाइनल इटाली २–१ स्पेन

२००८ युरोकप क्वार्टरफाइनल गोलरहित बराबरी (पेनाल्टीबाट स्पेन विजयी)

२०१२ युरोकप फाइनल स्पेन ४–० इटाली

२०१६ युरोकप अन्तिम १६ इटाली २–० स्पेन

खेल आज राति १२ बजे इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा हुँदैछ। तर, रंगशालामा इटालीबाट आउने समर्थकलाई सरकारले रोक लगाएको छ।

प्रकाशित: Jul 06, 2021| 05:59 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।