बुधबार, असार २४, २०८३

युरोकप सेमिफाइनल आजबाट, स्पेन र इटाली भिड्दै

युरोकपअन्तर्गत आज राति पौने १ बजे सेमिफाइनलको पहिलो खेल हुँदैछ।
 |  मंगलबार, असार २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २२, २०७८

काठमाडौ- युरोकपअन्तर्गत आज राति पौने १ बजे सेमिफाइनलको पहिलो खेल हुँदैछ। इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा हुने खेलमा स्पेनले इटालीको सामना गर्नेछ।

टिम गेमका खेल्ने देशका रुपमा चिनिएका दुवै टिम इटाली र स्पेन आजको खेलमा जित निकाल्दै फाइनल प्रवेशको तयारीमा छन्।

जारी युरोकपमा इटालीले लगातार जित निकालिरहेको छ। साथै ऊ ३३ खेलसम्म अपराजित छ। यता स्पेनले पहिलो दुई खेलमा बराबरी गरे पनि पछिल्लो खेलमा जितको लय पक्रिसकेको छ।

स्पनेले स्लोभाकियालाई ५–० गोलले हराएको थियो भने क्रोएसियालाई ५–३ ले। पछिल्लो खेलमा भने स्पनेले टाइब्रेकरमा जित निकालेको थियो।

यता लगातार जित निकालिरहेको इटाली यो खेलमा पनि हार्न चाहँदैन, उसले फराकिलो जित ननिकाले पनि जितको लय कायम राख्न सफल छ।

यो खेलमा जित निकाल्ने टिमले फाइनलमा डेनमार्क र इंग्ल्यान्डको विजेताको सामना गर्नेछ।

त्यस्तै, युरोकपका अबका सबै खेल इंग्ल्यान्डको वेम्बली रंगशालामा हुनेछन्। युरोकप स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न ११ सहरमा आयोजना गरिएको प्रतियोगिताका अबका खेल भने एकै ठाउँमा हुनेछन्।

प्रकाशित: Jul 06, 2021| 03:34 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।