काठमाडौ- युरोकपअन्तर्गत आज राति पौने १ बजे सेमिफाइनलको पहिलो खेल हुँदैछ। इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा हुने खेलमा स्पेनले इटालीको सामना गर्नेछ।
टिम गेमका खेल्ने देशका रुपमा चिनिएका दुवै टिम इटाली र स्पेन आजको खेलमा जित निकाल्दै फाइनल प्रवेशको तयारीमा छन्।
जारी युरोकपमा इटालीले लगातार जित निकालिरहेको छ। साथै ऊ ३३ खेलसम्म अपराजित छ। यता स्पेनले पहिलो दुई खेलमा बराबरी गरे पनि पछिल्लो खेलमा जितको लय पक्रिसकेको छ।
स्पनेले स्लोभाकियालाई ५–० गोलले हराएको थियो भने क्रोएसियालाई ५–३ ले। पछिल्लो खेलमा भने स्पनेले टाइब्रेकरमा जित निकालेको थियो।
यता लगातार जित निकालिरहेको इटाली यो खेलमा पनि हार्न चाहँदैन, उसले फराकिलो जित ननिकाले पनि जितको लय कायम राख्न सफल छ।
यो खेलमा जित निकाल्ने टिमले फाइनलमा डेनमार्क र इंग्ल्यान्डको विजेताको सामना गर्नेछ।
त्यस्तै, युरोकपका अबका सबै खेल इंग्ल्यान्डको वेम्बली रंगशालामा हुनेछन्। युरोकप स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न ११ सहरमा आयोजना गरिएको प्रतियोगिताका अबका खेल भने एकै ठाउँमा हुनेछन्।